आइएमई पेको हवाई उडान टिकटमा फेरि नयाँ अफर, “उच्च तापक्रममा उच्चतम छुट”

असार ८,काठमाडौँ । आइएमई पेले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चतम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु। ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ ।

यस अफर अवधि भरि हप्ताको २ दिन (मंगलवार र शनिवार) १ घण्टाको लागि सो अफर मार्फत थप रु। ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असार ७ गतेदेखि शुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply