नेपाल–चीन सिमानाको १० गजामै तारबार !

असार ९,गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै।

गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएकाबारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्।

भन्छिन्, ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको छ। सीमास्तम्भभन्दा दशगजा क्षेत्रभित्र तारबार वा कुनै पनि संरचना बनाउँदा दुईपक्षीय सहमति आवश्यक पर्छ। दशगजाभन्दा बाहिर हो भने छलफल गरिरहनु पर्दैन। तर, यस स्थानमा दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ। स्थानीय छिरिङ लामा भन्छन्, ‘रुइला नाकामा तारबार लगाएको छ। त्यो पनि दशगजा भित्रै। तारबार भने चीनतर्फको भागबाट फलाममा बाँधिएको छ।’

संम्बन्धित समचार

Leave a Reply