नेकपा कर्णाली प्रदेशको पहिलो बैठक सहइञ्चार्जद्वारा बहिस्कार

मंसिर २४,सुर्खेत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक नै विवादमा परेको छ । प्रदेश कमिटी सहइञ्चार्ज यमलाल कँडेलले बैठक बहिस्कारमात्र गरेका छैनन्, बैठकका कतिपय निर्णय कार्यान्वयनमा समेत चुनौति दिएका छन् ।

प्रदेश कमिटीहरुले पूर्णता पाएसँगै सात प्रदेशमध्ये कर्णालीको पहिलो बैठक प्रदेश राजधानी सुर्खेतमा शनिवार बसेको थियो । तर प्रदेश सहइञ्चार्ज तथा तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका कँडेल सुर्खेतमा बैठक भइरहँदा काठमाडौंमा थिए ।

कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ र अध्यक्ष गोरखबहादुर बोगटीले आग्रह गरेपनि उनी आफ्नो गुनासो केन्द्रसँग रहेको भन्दै बैठकमा गएनन् । प्रदेश कमिटीमा तत्कालीन एमालेबाट ८७ जनाको नाम सार्वजनिक हुँदा यसअघि कार्यदलले सिफारिस गरेका भन्दा बाहिरबाट मान्छे पारिएकोमा कँडेलको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।

कँडेल नै रहेको कार्यदलले सिफारिस गरेको पूर्वकेन्द्रीय नेता, अञ्चल र प्रदेशमा रहिसकेकाहरुको नाम कटाएर माधव नेपाल पक्षको दबावमा २० जना अरु नै मान्छे पारिएको आरोप कँडेलले लगाएका छन् । उनले केन्द्रमा केपी ओली र माधव नेपाल पक्षको भागबण्डा हुँदा जहिले पनि आफ्नो प्रदेशमा नेपाल पक्षलाई भाग दिने गरिएको गुनासो गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply