साञ्जेन जलविद्युत कम्पनीको आईपीओ निष्कासन हुने

असार ९, काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबोनमा निवेदन दिएको थियो । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० को उपदफा १ बमोजिम आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । कम्पनीको सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply