टेलिकमले घटायो इन्टरनेट शुल्क, अब कति पर्छ ?

असार ९, काठमाण्डौ ।  नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी Lease Connectivity) को नयाँ महशुल दर कायम गरेको छ । कम्पनीले गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट (Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जनाएको छ।

टेलिकमका अनुसार इन्टरनेट (Internet) लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५०० रहेकोमा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ।

त्यस्तै ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु २,१०० र रु. १,९०० रहेकोमा अब वैको महशुल दर रु. १,५०० कायम गरिएको टेलिकमले जनाएको छ।

इन्ट्रानेट (Intranet) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको टेलिकमलेउल्लेख गरेको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहने तथा यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply