त्रिवि शिक्षण अस्पतालभित्रै पूर्वकर्मचारीले किन गरे आत्महत्या ?

मंसिर २४,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए ।

बोहोरा सोही अस्पतालका पूर्वकर्मचारी हुन् । अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत उनी ०६० मा अवकाश भएका थिए ।

रक्तचापबाट बिरामी बोहराले आत्महत्या गर्नुको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply