नेपालका अधिकांश स्थानको मौसम बदली, केहि स्थानमा वर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । बिहान प्रदेश–१, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो नै प्रदेश–१ र बागमतीका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । शनिबार प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश–१ ,बाग्मती, गण्डकी र लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस