कतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री

असार १०, काठमाण्डौ । कतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री भएको छ । फिफा विश्वकप कतार २०२२ का लागि करिब १२ लाख टिकट हालसम्म बिक्री भैसकेको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी एससीका महासचिव हसन अल थावादीले बताएका छन् । अप्रिल अन्तिमसम्म चलेको दोस्रो टिकट बिक्री चरणमा २३ लाख बढीको आवेदन परेको थियो । फिफाका अनुसार अर्जेन्टिना, ब्राजिल, इङ्गल्याण्ड, फ्रान्स, मेक्सिको, कतार, साउदी अरेबिया र संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै माग रहेको छ ।

महासचिव थावादीले विश्वकप सबैका लागि खुला रहेकोमा जोड दिँदै मध्यपूर्व र अरब विश्वमा पहिलो पटक विश्वकपको महत्वलाई फ्यानहरूले अरब आतिथ्य देख्न र कतारी संस्कृतिको आनन्द लिने गेटवेका रूपमा प्रकाश पारेका थिए । दर्शकका लागि प्रति रात ८० देखि १०० अमेरिकी डलर माथिका पाँच(तारे होटेल वा विलासी होटेलहरू तयार रहेको बताइएको छ । नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply