काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ ।देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो । कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन् ।

उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस