नेपालगन्ज उपमहानगरद्धारा एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट प्रस्तुत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । नेपालगन्ज उपमहानगरपालिकाको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राइले उपमहानगरको बजेट विहिबार सभामा प्रस्तुत गरेका हुन् । उपप्रमुख कमरुद्दीन राईले एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख विष्टले नीति कार्यक्रममा नेपालगन्जलाई आगामी पाँच वर्षभित्र सम्वृद्ध नेपालगन्ज, सुखी नगरवासीको रुपमा रुपान्तरण गर्ने उल्लेख गर्दै पन्ध्र वर्षभन्दा माथिका निरक्षर जनसङ्ख्याको लागि निरन्तर शिक्षाको कार्यक्रम सञ्चालन गरिने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस