सानिमा बैङ्कको ऋणपत्र आजदेखि बिक्री खुला, ब्याज कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । सानिमा बैङ्कले आज असार १० गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । सानिमाले ५ अर्बको ऋणपत्र निष्कासन गरेको हो । सानिमा बैङ्कले १,००० अङ्कित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजी अर्थात् व्यक्तिगत तवरले बिक्री गरिने र बाँकी २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने बैङ्कले जनाएको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् । ऋणपत्र निष्कासनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ ।

यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम २० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैङ्कले १०।२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस