समाजवादीका मन्त्री सहित १० सांसदका सात असहमति, अध्यक्ष नेपाललाई दिए पत्र !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । उनीहरूले अध्यक्ष नेपाललाई संसदीय दलको बैठक बोलाउन आग्रह गरेका छन्। उनीहरूले पठाएको ‘ध्यानाकर्षण पत्र’ मार्फत एकीकृत समाजवादीका सांसदको पनि ध्यानाकर्षण गराएका छन्। उनीहरू पत्रमा पार्टीले पटकपटक फिर्ता बोलाउने विषय झिकेर ‘अपराधिलाई जस्तो व्यवहार’ गरेको पनि गुनासो गरेका छन्।

१. आगामी आ.व. २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रिमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न सकिन्न।

२. पूर्व जानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापी ठिक मान्न सकिदैन।

३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निश्कर्ष विपरीत पटक पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाव किमार्थ राम्रो मान्न सकिन्न।

४. मन्त्रीहरूले संसद्मा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि छोड्नेछौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भिर छौं।

५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भिर असहमत छौं।

६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिश गरेको, पूराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भिर असहमत छौं।

७. मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं।

ताजा अपडेट

खोजी गर्नुहोस