एमालेबाट निर्वाचित हेटौंडा उपमहानगरका जनप्रतिनिधिको अनुपस्थितिका कारण नगरसभा स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिको अनुपस्थितिका कारण नगरसभा स्थगित भएको छ । आफूहरुले राखेको माग सम्बोधन नगरेको भन्दै एमालेका जनप्रतिनिधिहरु नगरमा अनुपस्थित भएपछि नगरसभा स्थगित भएको हो । एमालेका जनप्रतिनिधिले राखेका माग सम्बोधन नगरेको र पेलेरै नीति तथा कार्यक्रम ल्याउन लागेको आरोप लगाउँदै उनीहरुले ११औँ नगरसभामा बहिष्कार गरेका छन् ।

बैठक सञ्चालन कार्यविधि २०७४ को केही व्यवस्थामा संशोधन गरिनुपर्ने उनीहरुको माग छ । आज बिहान १० बजेबाट हुने भनिएको नगरसभा दिउँसो २ बजे स्थगित भएको जानकारी गराइएको छ । मेयर मिना लामाले गणपुरक संख्या नपुगेको भन्दै आइतबारसम्मको लागि नगरसभा स्थगित गरेकी हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस