निरन्तर घटेको शेयर बजारमा ब्रेक : नेप्से १३.७८ अङ्कले बढेर एक हजार आठ सय ६२.०६ बिन्दुमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । पछिल्लो समय निरन्तर ओह्रालो लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बिमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । न्यादी जलविद्युत आयोजनाको शेयर १० प्रतिशतले बढेको छ । बजार बढे पनि आधिखोला लघुबित्त बित्तीय संस्थाको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस