थाक्रे गाउँपालिकाको ११औं गाउँसभा : ९२ करोड २८ लाख बराबरको बजेट विनियोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ११औं गाउँसभा मार्फत उपाध्यक्ष इन्द्र बहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेका हुन् ।

गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले आर्थिक विकास तर्फ रु। ८ करोड १९ लाख ४० हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु ३२ करोड २९ लाख ६० हजार, पृर्वाधार विकास तर्फ रु ३९ करोड ३६ लाख १६ हजार, कार्यालय तथा प्रशासनिक तर्फ रु ९ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजारको बजेट विनियोजन भएको छ । बजेट प्रस्तुत गर्नुपूर्व गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस