धुनिवेशी नगरपालिकाको बजेट : ८८ करोड ५३ लाख २६ हजार रुपैया विनियोजन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०, धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभा मार्फत उपमेयर सुरज उप्रेतीले प्रस्तावित कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गरेका छन् । गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु २९ करोड ३७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ रु २९ करोड ८० लाख २५ हजार बजेट विनियोजन गरेको छ । कार्यालय तथा प्रशासनिक तर्फ रु २० करोड १४ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । त्यसै गरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन उपमेयर उप्रेतीले नगरँसभामा प्रस्तुत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस