कम्तीमा तीन दिनसम्म वर्षा जारी रहने सम्भावना

Post Thumbnail

असार ११, काठमाण्डौ । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि दिउँसोपछि वर्षा हुने सम्भावना छ । राती देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशभरका पहाडी भेगका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेश एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस