कर्णाली नदीमा डुबेर बालिकाको मृत्यु

Post Thumbnail

असार ११, काठमाण्डौ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन् । त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस