हैजाको रोकथामका विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ११, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ११, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँलगायतका स्थानमा देखा परेको कलेरा हैजा बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

गृहमन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसङ्ग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न अपनाउनुपर्ने आवश्यक कदमका बारेमा छलफल गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस