न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु

असार ११, काठमाण्डौ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ ।

प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply