एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जित्यो

असार ११, काठमाण्डौ । एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।

वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र यूएई हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply