मन्त्री हेरफेरविरुद्ध उभिएका समाजवादीका १० मध्ये ६ जना सांसदद्धारा हस्ताक्षर फिर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ११, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले बताए । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस