नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव काठमाडौं आइपुगे

असार ११, काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन्  ।

श्रीवास्तव करियर कूटनीतिज्ञ हुन्  । काठमाडौं आउनुअघि वहाँ नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरे ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्  । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन्  ।

संम्बन्धित समचार

Leave a Reply