समाजवादीका मन्त्रीहरुद्धारा पद नहटाउन प्रधानमन्त्री देउवासँग माग !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १२, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दवाव बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका हुन् ।

एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ कार्यन्वयन गरेर जाने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीले प्रधानमन्त्रीसँग गुहार मागेका हुन् । शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस