सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

असार १२,काठमाडौँ । साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १ हजार २४० रुपैयाँ थियो ।

संम्बन्धित समचार

Leave a Reply