रुसले बेलारुसलाई क्षेप्यास्त्र दिने !

असार १२,काठमाडौँ । रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई ‘इस्कान्डर–एम’ नामक पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने घोषणा गरेका हुन्। यो प्रणालीले परम्परागत र पारमाणविक दुवै प्रकारका ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता राख्छ ।

जसको मार हान्न सक्ने क्षमता ५ सय किलोमिटर टाढासम्म छ । अबको केही महिनामा बेलारुसलाई इस्कान्डर–एम नामको रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्ने तर यसबारेका आवश्यक सम्पूर्ण प्रक्रिया दुवै देशको रक्षा मन्त्रालयले हेर्ने पुटिनको भनाइ छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि नै रुस र पश्चिमा देशहरूबीच तनाव छ । बेलारुसले रुसलाई युक्रेनसँगको युद्धमा सहयोग पुर्याएको छ । रुसले यूक्रेनको सेभेरोडोनेट्स्कलाई पनि पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी समेत गरेका छन् । तर अझै कति हानी नोक्सानी हुन्छ भन्ने यकिन नभएको उनको भनाइ छ।

संम्बन्धित समचार

Leave a Reply