‘सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ’ : सभापति सुमार्गी

असार १२,सर्लाही । लालबन्दी उद्योग बाणिज्य संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका कृषि उद्यम केन्द्रका सभापति नेपालमा कृषि उद्योगको विषयमा विभिन्न क्षेत्रबाट चासो बढ्दै गएको बताएका छन् ।

उनले लालबन्दीमा गोलभेडाको उत्पादन राम्रो हुने भएपनि बस्तुसंग सम्बन्धित उद्योग नहुँदा उत्पादन खेर गइरहेकोले केचपजस्ता बस्तु बाहिरबाट मगाउने काम बन्द गरेर लालबन्दीमै त्यस्तो किसिमको उद्योग खोल्नुपर्नेमा जोड दिए । सभापति सुमार्गीले असार १४ र १५ गते लाहान र जनकपुरमा रहने बताउदै उनले कृषि उद्यम केन्द्रले कृषिको उत्पादन तथा बजारीकरणमा सहजिकरण गर्ने बताए ।

उनले उत्पादनलाई जोड्न नगरपालिकाहरुले सक्रियताका साथ काम गर्नुपर्ने बताए । उनले उद्योग बाणिज्य संग स्थानिय सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । सभापति सुमार्गीले सम्मृद्ध नेपाल, सुखी नेपालीको नारा कृषिमा क्रान्ति गरेर उत्पादनलाई बढवा दिएर मात्रै सम्भव रहेको बताए । उनले भने– सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ, यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैन् ।

सधारण सभामा लालबन्दी उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशीको सभापतित्व रहेको थियो भने उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमुख अतिथीको रुपमा रहेको थिए । कार्यक्रममा महासंघक उपाध्यक्ष दिनेश श्रेष्ठ लगायत विभिन्न उद्योगी,राजनितिक दल र स्थानीयको सहभागिता रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply