निलकण्ठमा ७ दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न

असार १२,निलकण्ठ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने क्रिष्टल माला बनाउने तालिम आज सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाले आयोजना गरेको सो तालिममा १९ जना महिलाको सहभागिता रहेको थियो ।

तालिमको समापन गर्दै नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माले लघु उद्यमको लागि क्रिष्टल माला बनाउने तालिम उपयोगी हुने बताए । असार ५ गते देखि ७ दिन चलेको तालिममा महिलाहरुले क्रिष्टलबाट माला बनाउन सिकेका छन् ।

तालिमपछि सहभागीहरु क्रिष्टल मालाको व्यवसाय गर्न उत्साहित भएको उद्यम विकास सहजकर्ता राधिका अर्यालले अनलाइनकेन्द्रलाई बताइन् ।

संम्बन्धित समचार

Leave a Reply