शेयर बजारमा दोहोरो अङ्ककको गिरावट, नेप्से २३.८५ अङ्कले घटेर एक हजार नौ सय ३३.१३ विन्दुमा !

असार १३, काठमाण्डौ । आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply