सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो !

असार १३, काठमाण्डौ । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड ( दोश्रो चरण ’ का लागि आवेदन खुल्ला गरिएको छ । मिति २०७९ असार ९ गते बिराटनगरमा आयोजित पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको घोषणा गरिएको हो । मिति २०७९ असार ९ गते बिराटनगरमा पत्रकार सम्मेलनको आयोजिना गरि उक्त कार्यक्रमको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव श्री मेगनाथ तिमलसिना, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलयका प्रमुख डा। पशुपती ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्तण कार्यालयका प्रमुख श्री राज कुमार रिजाल,मोरंग व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रम का टिम लिडर श्री रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक श्री विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी प्रबन्धक श्री सुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालिन परामर्शदाताका उत्कर्ष प्रसाद,आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा। छिरिङ लामा, मिडिया कर्मीहरु, आईडिया स्टुडियो नेपालका कर्मचारी सहित ५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिहरु लाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति २०७९ श्रावन ६ गते सम्म दिन सकिनेछ ।आवेदकहरुको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिक सम्भाव्यता भएको हुनु पर्नेछ ।

सहज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ । यस फण्ड अन्तर्गत निजि व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैया सम्म प्राप्त गर्नेछन् । यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply