जोर्डनमा विषाक्त ग्यास ‘लिक’ हुँदा १० जनाको मृत्‍यु, २५१ घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ १४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १४, काठमाडौं । जोर्डनको अकाबा बन्दरगाहमा एउटा ट्याङ्करबाट विषाक्त ग्यास लिक हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५१ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति अकाबा बन्दरगाहमा क्लोरिन ग्यास बोकेको ट्याङ्कर क्रेन नजिकै पुगेर विस्फोट भएसँगै उक्त घटना घटेको हो ।

विषाक्त ग्यास पर्यावरणमा मिसिए पछि हाल जोर्डन सरकारले आफ्ना नागरिकहरुलाई झ्याल ढोका बन्द गरी घर भित्रै रहन आग्रह गरेको छ । रिपोर्टका अनुसार कर्मचारीको गल्तीका कारण उक्त घटना घटेको हो । क्लोरिन ग्यासको सिलिण्डर लोड गर्ने क्रम भुइमा खसे पछि विस्फोट भएको थियो । सो समयमा थप २५ सिलिण्डर घटनास्थलमै रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस