बाढीले डाइभर्सन बगायो ! पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द

असार १५,नवलपरासी । बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।

नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।

अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताए ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।

पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले बताए ।

संम्बन्धित समचार

Leave a Reply