कृषि उद्यमकेन्द्रका सभापति सुमार्गीले भेटे मन्त्री साहलाई, निजी क्षेत्रसंग सहकार्य गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १५,जनकपुर । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेशको मुख्यमन्त्रीका विज्ञ सल्लाहकार अरुणराज सुमार्गीले मधेस प्रदेशका आन्तरिक मामला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसंग भेटवार्ता गरेका छन् । सुमार्गीले मन्त्री साहको निवासमा समसामयिक विषयमा छलफल गरेका हुन् ।

सुमार्गी यतिबेला उद्योग बाणिज्य महासंघका विभिन्न जिल्ला तथा प्रदेशको सधारणसभाको सिलसिलामा मधेस प्रदेश दौडाहमा छन् । उनले मन्त्री साहसंग प्रदेश सरकारले निजी क्षेत्रलाई पनि संगै अघि लिएर हिँड्नपर्नेमा जोड दिए । त्यसै क्रममा मन्त्री साहले मधेस प्रदेश सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।

जिल्ला नगरलाई कसरी बलियो बनाउन सकिन्छ भनेर लागिरहेको छु : सुमार्गी

यता सुमार्गीले आजै नेपाल उद्योग वाणिज्य महासंघ मधेश–प्रदेशको तेस्रो प्रदेश सभालाई पनि सम्बोधन गरेका छन् । उनले आज धान दिवसको अवसरमा समेत शुभकामना दिएका छन् । आफु महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सभापतिसमेत रहेकोले कृषिमा खाद्यन्न त्यसमा पनि धान उत्पादनलाई सरकारले विशेष चासो दिनपर्ने बताए । सुमार्गीले आफ्नो कार्यकालमा कृषि उद्यम केन्द्रलाई कृषि,कृषि र कृषिमै केन्द्रित गरेको बताउदै केन्द्र र प्रदेश सरकारसंग आफुले निरन्तर संवाद गरेको जानकारी दिए ।

जसको फलस्वरु उनले भने– म सातवटै प्रदेशमा कृषिको मुद्धा बोकेर प्रदेश सरकारसंग छलफल गरेको छु, यो पटक जिल्ला नगर उद्योग बाणिज्य बाणिज्य संघका साथीहरुलाई राम्रो बिजनेश र टास्क उपलब्ध भएको छ, कृषि उद्यम केन्द्रले जिल्ला नगर उद्योग बाणिज्य संघको सस्टेनवल डेभलपमेन्टको लागि केही न केही काम गरेको छ, चाँडै भन्दा चाँडै यसको महशुस तपाईहरुले गर्न पाउनुहुनेछ । सुमार्गीले जिल्ला नगरको लागि कसरी योजना ल्याउन सकिन्छ र जिल्ला नगरलाई कसरी बलियो बनाउन सकिन्छ भनेर आफु लागिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस