असार १६,काठमाडौँ । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् । साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताएका छन् ।
ठाकरे भारतको शिवसेनाका प्रमुख छन् । बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाएका छन् । ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।