शेयर बजारमा दोहोरो अङ्कको बृद्धि : नेप्से ७४.९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १६, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १६, काठमाण्डौ । शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार साढे ४१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नौ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस