रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने

असार १७,काठमाडौँ । नेपालको मोलिक लोक, सङ्गीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने शो नयाँ फर्म्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मङ्गलवार र बुधवार राति ८ बजेबाट प्रसारण हुनेछ ।

शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर छन् ।

शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए।

कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्नेछु । उहाँले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताए ।

त्यस्तै, गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रोभन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताइन् ।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपियाँ नगद पाउनेछन् ।

संम्बन्धित समचार

Leave a Comment