राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ १७, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १७, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदो वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस