लीलाध्वज थापाको स्मृतिमा तीन कृति एकसाथ बिमोचन

काठमाण्डौ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०२औं जन्म जयन्तीको उपलक्षमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यकार तथा पत्रकार बी. के.पाल्पाली द्वारा लिखित ‘’लीलाध्वज थापा जीवनीकाब्य’’ ,सरिता के.सी.द्वारा लिखित ‘’बिजयध्वज थापा ब्यक्ति र कृति ‘’ का साथै बिजयध्वज थापा द्वारा लिखित मुक्तकसंग्रह ‘’रहस्य गहिरो छ ‘’ एकसाथ बिमोचन गर्दै साहित्यिक गतिबिधीमा संलग्न हुंदै बिभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु प्रा.गोपीकृष्ण शर्मा तथा साहित्यकार एवं पत्रकार बि. के. पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराइ लाइ सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको प्रमुख आतिथ्यता एवं साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा बिशेष अतिथि जगत्प्रसाद उपाध्याय प्रा. डा. भागवत ढकाल ,नारी साहित्य प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद दाहाल, पुरस्कृत ब्यक्तित्व तथा कृतिका बारेमा प्रमुख बक्ताका रुपमा ज्ञाननिष्ठ ज्ञवाली तथा डा. राम प्रसाद ज्ञवाली पूर्व राजदूत मधुवन पौडेल तथा समालोचक सरिता के.सी. को आतिथ्यतामा उक्त कार्यक्रमको आयोजन गरिएको थियो ।

प्रमुख अतिथी द्वारा साहित्यकार लीलाध्वज कार्कीको तस्वीरमा माल्यार्पण गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका उपाध्यक्ष राम प्रसाद पन्तले स्वागत मन्तब्यका क्रममा बोल्दै अग्रज हरुको सम्मान गर्दै नबोदित एवं सिद्धहस्त लेखक साहित्यकार हरुको हौशला बढाउंदै पुरस्कृत र प्रेरणा दिनुनै प्रतिष्ठानको प्रमुख उद्धेश्य रहेको बताएका छन् ।

कार्यक्रमा पुरस्कृत हुनुभएका प्रा. गोपीकृष्ण शर्मा तथा साहित्यकार एवं पत्रकार बि. के. पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराइ लाइ नगद २५ हजार सहित सम्मान पत्र,माला र दोसल्ला ओढाएर सम्मानित गरियो । पुरस्कृत हुने ब्यक्तित्व प्रा. गोपीकृष्ण शर्माले आफुनो निरंतर कर्म गर्दै गएको कुरालाइ निर्णायक समितिले उचित मूल्यांकन गरेकोमा संतोष ब्यक्त गर्दै थप योगदानको जिम्मेवारी महशुष गरेको बताएका छन् ।

कार्यक्रममा प्रमुख बक्ताका रुपमा बोल्दै ज्ञाननिष्ठ ज्ञवालीले काब्यात्मक लेखनका माध्यमले कुनै बिशेष ब्यक्तिको बारेमा लेखिएका कृतिमा जीवनी समेट्नु बिशेष कला हो जसमा बी.के. पाल्पाली अब्बल साबित भएका छन् भन्दै अशल सनततीले आफ्ना पूर्वजको अशल कर्मलाइ जनमनमा जीवन्त तुल्याउनु सांचो अर्थमा मोक्षको बाटो पहिल्याउनु हो जसमा बिजयध्वज थापा खरो उत्रिएका भन्ने बिचार ब्यक्त गरेका छन् । कार्यक्रममा सुशिला नेपालले लीलाध्वज थापा जीवनीकाब्य बाट ५ स्लोक कविता बाचन गरेकी थिइन् ।
कार्यक्रममा संयुक्त रुपमा बिमोचित तीन कृतिबारे बोल्दै प्रा.डा. भागवत ढकालले अनुभूतिलाइ सृजनात्मक रुपमा पस्किदै जीवनका संघर्षका कथाले मानबीय समबेदनालाइ चिमोट्ने बिचार ब्यक्त गरेका छन् सरिता के.सी.द्वारा लिखित बिजयध्वज थापा ब्यक्ति र कृति मार्फत समग्रतामा सर्जक बिजयध्वज लाइ सुस्पस्ट रुपमा चिन्न र बुझ्न सहज हुने बताउंदै डा. ढकालले नेपाली साहित्यमा मुक्तक सर्वप्रिय र रुचीको बिधा हो सर्जकले आफ्नो अक्षरको खेतीमा उच्च शिल्पको प्रयोगले पाठकलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गरेकोमा सन्तोष ब्यक्त गरेका छन् ।

यसैक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ्गले आपसमा परसपरको भावनाले अघि बढ्नुपर्ने बताउंदै यस्ता साहित्यिक कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिकाको निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका छन् । यादव भट्टराइ द्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply