इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु

असार १८, काठमाण्डौ । दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ ।

भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।

संम्बन्धित समचार

Leave a Reply