माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर हालसम्म पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।

त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस