नेपालका अधिकांश स्थानमा बिहानै चर्को घाम, दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना !

असार १९, काठमाण्डौ । केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ । मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ । यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताए ।

उनका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ । राति भने वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति ठूलो पानी पर्ने हुँदा भिरलो जमिनमा बसोबास गर्नेलाई सवाधानि अपनाउन आग्रह गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply