आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलामा मुद्दाको पेशी तोकिएको छ। यसअघि सो मुद्दाको पेशी कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा तोकेको भएपनि सो दिन मुद्दाको बहस नसकिएपछि आइतबारका लागि हेर्दाहर्दैमा राखिएको थियो।

गत वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताव सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरित्क महानिरीक्षक एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वरिष्ठताक्रम अनुसार बढुवामा नपरेपछि डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस