प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।

निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ ।निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन ९चार महिना० अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणाका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरूले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस