स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु

असार २१, काठमाण्डौ । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ। घटना भए लगत्तै फेला परेका प्रमाणहरुका आधारमा प्रहरी उनको खोजीमा जुटेको थियो। रोबर्टले एक घरको माथिल्लो तल्लाबाट ‘हाइ पावर्ड राइफल’ को प्रयोग गरेर मानिसहरुलाई निशाना बनाएका थिए। परेड सुरु भएको केही मिनेटमा नै उनले गोली चलाउन सुरु गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

संम्बन्धित समचार

Leave a Reply