बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय सविनको मृत्यु

असार २१, काठमाडौ । बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाइते परियारको पिपुल्स अस्पताल नयाँबजार उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।

घाइते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०-२३प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply