६,००० एमएएच ब्याट्री क्षमताको सामसङ ग्यालेक्सी एफ १३ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७९ अषाढ २१, मंगलबार (२ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

काठमाडौं । सामसङले नेपाली बजारमा एफ सिरिजको ‘ग्यालेक्सी एफ १३’ स्मार्टफोन सार्वजनिक गरेको छ । अक्टाकोर एक्जनस ८५० प्रोसेसर भएको यो फोनको मुख्य विशेषता यसको ब्याट्री क्षमता रहेको छ । कम्पनीले ६,००० एमएएच ब्याट्री क्षमता भएको यो स्मार्टफोनमा ६.५ इन्चको फूल एचडी प्लस डिस्प्ले उपलब्ध गराएको छ ।

ब्याट्रीको उचित प्रयोगको लागी यो फोनमा ‘पावर सेभिङ’ मोड सँगै एआई पावर म्यानेजमेन्ट प्रणाली प्रयोग गरिएको छ । यो प्रणालीले धेरै प्रयोगमा नभएको एपलाई तीन दिन सम्म ‘स्लिप मोड’ मा र एक महिना सम्म ‘डिप स्लिप मोड’ मा राख्ने कम्पनीले बताएको छ । डुअल सिम फिचर भएको यो फोनमा ५० मेगा पिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।  वाटरफल ब्लु, सनराइज कपर र नाइटस्काई ग्रिन कलरमा उपलब्ध ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २३,९९९ रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस