चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु, १० जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २१, बुटवल । चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ लागेर विष्ट घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर उनकी भाउजू ४२ वर्षीया संगिता विष्ट घाइते भएकी छन्।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र चट्याङले घर र पशु चौपायामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। त्यस्तै, प्युठानको ऐरावती गाउँपालिका(६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ। चट्याङ लागेर ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

 

ताजा अपडेट

खोजी गर्नुहोस