नेपालमा कोरोना संक्रमणदर बढ्यो : आज एकैदिन थप ११३ जनामा कोरोना पुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २२, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २२, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । बुधबार एकैदिन ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ७२४ नमूना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ। आज २० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस