जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ २४, शुक्रबार (२ साल अघि)
  • ५६ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौ । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आवेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ । सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस