अन्ततः लोक सेवा आयोगले भोली विज्ञापन प्रकाशन गर्ने, एकैपटक विभिन्न तहमा ३ सय बढी माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २५, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । लोक सेवा आयोगले भोली (बुधबार) विज्ञापन प्रकाशन गर्ने भएको छ ।

संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन भोली प्रकाशन हुँदैछ ।

तीनवटै सेवाबाट गरी अधिकृत, उपसचिव र सहसचिवका लागि करीब ३ सयको संख्यामा विज्ञापन खुल्न लागेको हो ।

न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन हुने लोक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुबेदीले बताए ।

लोक सेवा आयोगले विज्ञापन गर्ने भएसँगै कर्मचारी समायोजनका कारण लोक सेवाको नियमित सेड्यूल नै रोकिने हो कि भन्ने आशंकामा व्यक्ति गरिरहेका लोक सेवाको तयारीमा बसेका हजारौँ यूवायुवतिहरुले राहतको श्वास फेर्ने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस